२०८१ बैशाख १८ , मंगलबार

‘हात्तीछाप’को टिजर सार्वजनिक

hathi teaser

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कथानक चलचित्र ‘हात्तीछाप’को टिजर सार्वजनिक भएको छ । दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको चलचित्रको टिजर सार्वजनिक भएको हो । आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।

 

सार्वजनिक टिजरमा माया- प्रेम, राजनीतिक विषय र कमेडीलाई स्थान दिइएको छ। टिजरमा फिल्मका अधिकांश कलाकार अटाएका छन्। शिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा प्रेम, बाद्यता र मनोविज्ञानलाई देखाइएको छ । डार्क कमेडी जानराको चलचित्र ‘हात्तीछाप’ माघ २६ गते रिलिज हुँदै छ ।