२०८१ बैशाख १७ , सोमवार

फुलेको कपाललाई कालो बनाउने घरेलु उपाय

white hair

सुनाखरी न्युज/ काठमाडौं ।

आजकाल कम उमेरमा नै कपाल फुल्ने समस्याले धेरै मान्छे चिन्तित हुने गर्छन् । यस्तो समस्याको सिकार तपाई हामी पनि हुन सक्छौं ।समयअगावै फुल्ने कपालले धेरैलाई चिन्तित बनाएको छ । किनभने हाम्रो अनुहारको सौन्दर्यका लागि कपालको महत्वपूर्ण भूमिका रहेको हुन्छ । बाक्लो, लामो, कालो कपाल सबैको रोजाइ हो । तर कम उमेरमै कपाल फुल्ने समस्या बढिरहेको छ ।

 

कपाल समयअगावै फुल्नुका धेरै कारण हुन सक्छन् । जस्तो, खराब जीवनशैली, अस्वस्थ खानपान, वंशानुगत, रोग, रसायनयुक्त प्रसाधनको प्रयोग आदि ।सबैलाई थाह नहुन सक्छ कपालमा मेलनिन नाम को पिग्मेंट पाइन्छ जुन उमेरको वृद्दी संगै नष्ट हुने गर्दछ र हाम्रो कपाल फुल्न थाल्छ । तर कसैकसैको भने कम उमेरमै मेलनिनको मात्रा घट्ने गर्छ जसले गर्दा यस्तो समस्या देखिन सक्छ ।कपाल फुल्नुको कारण तनाव, सही खानपान नहुनु, धेरै हेयर प्रोडक्टको प्रयोग गर्नु, कम गुणस्तरको हेयर प्रोडक्ट प्रयोग गर्नु, प्रदूषण आदि हो ।

जानी राखौं के रहेछन त ती उपायहरु ?

-फुलेको कपाल लाई दैनिक कालो कफी अथवा कालो चियाले धुने गरेमा पनि कपालको रङ्ग कालो हुन थाल्छ ।
-सेतो कपालमा घ्युकुमारी लगाउने गरेमा पनि धेरै फाइदा हुन्छ ।
-दहीमा मेहेंदी मिलाएर बनाएको पेस्ट हप्तामा दुई पटक लगाउने गरेमा पनि फुलेको कपाल कालो हुन थाल्छ ।
-फुलेको कपाल लाई दैनिक कालो कफी अथवा कालो चियाले धुने गरेमा पनि कपालको रङ्ग कालो हुन थाल्छ ।

-सेतो कपालमा घ्युकुमारी लगाउने गरेमा पनि धेरै फाइदा हुन्छ ।
-दहीमा मेहेंदी मिलाएर बनाएको पेस्ट हप्तामा दुई पटक लगाउने गरेमा पनि फुलेको कपाल कालो हुन थाल्छ ।
-अमला कपाल लाई कालो बनाउनमा रामवाण सावित भएको मानिन्छ । अमलाको रसलाई बदामको तेलसंग मिसाएर लगाउनाले   कपाल कालो हुन्छ ।
-अदूवालाई पिसेर यसमा मह मिसाउने र यसरी तयार भएको पेस्टलाई हप्तामा दुई पटक लगाउने गरेमा पनि कपाल कालो हुन्छ ।

-घरेलु उपचारका साथसाथै पोषणयुक्त खानेकुरा पनि सेवन गरौ । किनभने पोषणको कमीले पनि कपाल फूल्छ ।

– भिटामिन र मिनरल्स जस्ता भिटामिन बि १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन दिनु हुँदैन ।

– सि फुड्स, मासु, अन्डा, दुध सेवन गरौ ।

– एन्टि अक्सिडेन्टयुक्त खानेकुरा सेवन गरौ । ग्रीन टि, अंगुर, हरियो पत्तेदार सब्जी, फल आदि सेवन गरौ ।

– ड्राइ फुड्स लगायत दुधजन्य परिकार, गाजर, फूल गोभी, तरबुजा, मेवा, सुन्तला सबै मिलाएर सेवन गर्नुपर्छ ।