
सुनाखरी न्युज/ काठमाडौं ।
उपत्यकामा आइतबार वर्षकै बढी चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले तीन दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दैनिक १ डिग्रीका दरले घटिरहेको जानकारी दिए। आइतबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ सम्म पुग्ने अनुमान गरेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।
उनका अनुसार काठमाडौँ उपत्यकासहित देशभर नै तापक्रम क्रमिक रूपमा घटिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम ७।५ डिग्री सेल्सियस मापन गरिएको छ आज सबैभन्दा कम तापक्रम जुम्लामा देखिएको छ। मौसम महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा जुम्लामा न्यूनतम तापक्रम माइनस ३ दशमलव ८ ९अर्थात् –३।८० सेल्सियस छ। यो नै देशभरमा सबैभन्दा कम तापक्रम हो।
प्रस्तुत विवरणमा उल्लेख न्यूनतम तापक्रम आज (आइतबार) बिहान ८:४५ बजेसम्मका हुन् भने अधिकतम तापक्रम हिजो (शनिबार) ५:४५ बजेसम्मका हुन्। मौसमविद्का अनुसार २४ घण्टाको सबैभन्दा कम तापक्रम बिहान ८:४५ भित्र देखिन्छ भने अधिकतम तापक्रम दिउँसो २ बजेदेखि साँझ ५:४५ सम्ममा देखिन्छ।