२०८१ बैशाख १८ , मंगलबार

‘एनिमल’ले दुई दिनमा गर्‍यो १३१ करोडको व्यापार

animal movie

सुनाखरी न्युज/  काठमाडौं।

बलिउड अभिनेता रणवीर कपुरको नयाँ फिल्म एनिमलको अहिले निकै चर्चा भइरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले भारतमा मात्रै दुई दिनमा १३१ करोडको व्यापार गरेको छ। एनिमल कबीर सिंहका निर्देशक संदीप रेड्डी वांगाले बनाएको फिल्म हो । एनिमलमा रणवीर खुङ्खार ग्याङस्टर अवतारमा देखिँदैछन् ।

 

रश्मिका मन्दनासँगको रणवीरको रोमान्स अनि बबी देओलको भयानक भिलेन रोलले पनि धेरैलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।वितरण स्रोतका अनुसार फिल्मले नेपालमा दुई दिन (शुक्रबार र शनिबार)मा तीन करोड नेरु ग्रस कमाइ गरेको छ । टिकट बिक्री र अकुपेन्सी ट्रेन्ड हेर्दा पहिलो साता ‘एनिमल’ले नेपालमा राम्रै कमाइ गर्न सक्ने देखिन्छ । भारतमा भने यो फिल्मले दुई दिनमा १३१।०७ करोड भारु नेटको कमाइ गरेको छ । जसअनुसार हिन्दी संस्करणमा शुक्रबार ५४।७५ करोड भारु र शनिबार ५८।३७ करोड भारु कमाइ छ ।

 

चलचित्रको हिन्दी भर्सनले मात्रै दुई दिनमा ११३ करोड १२ लाख रुपैयाँको व्यापार गरेको छ। पहिलो दिन ५४ करोड ७५ लाखको व्यापार गरेको हिन्दी भर्सनले दोस्रो दिन ५८ करोड ३७ लाखको व्यापार गरेको हो।एडभान्स बुकिङ हेर्दा एनिमलको पहिलो दिनको कमाई ४० करोड भारु आसपास सहजै पुग्ने देखिन्छ । यो स्तरमा कमाई गर्‍यो भने यो रणवीरको करियरको सबैभन्दा ठुलो ओपनिङ कलेक्सन भएको फिल्म हुनेछ ।