२०८१ बैशाख १७ , सोमवार

मौसमी रुघाखोकी र ज्वरोबाट बच्ने उपाय

sneeze

सुनाखरी न्युज/ काठमाडौं।

मौसमी रुघाखोकी तथा ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। यो रोग लागे पछि मानिसहरु कम्तीमा एक हप्ता थला नै पर्छन् । तर, खानपान र स्वस्थ दैनिकीमा ध्यान दिए मौसमी रुघाखोखी ज्वरोबाट बच्न सकिन्छ ।

 

यस्ता छन् मौसमी रुघाखोकी ज्वरोबाट बच्ने उपाय

-ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
– आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
– ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।

 

-खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
– साबुन पानीले मिची मिची हात धुने गरौं।
-सकभर अरु व्यक्तिहरुसंग हात नमिलाउने, नमस्कार गर्ने

– अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगर्ने

– नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने
-यसरी मौखमी रुघाखोकी र ज्वरोबाट बच्न सकिन्छ ।

– पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।