२०८३ जेठ १ , शुक्रवार

आजको मौसम : बिहान सफा रहे पनि मौसम दिउँसो धुम्मिने

wheather 3

 

सुनाखरी न्युज/ काठमाडौँ ।

हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।गएराति पश्चिमी वायुको प्रवेश भएसँगै सोमबार कोशी र मधेश प्रदेश बाहेक अन्य भूभागको अधिकांश स्थानमा बदली र छिटफुट वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मलाई ढाकेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

 

बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७।७ डिग्री सेल्सियस मापन गरिएको छ। मौसमविद् नगरकोटीका अनुसार आज उपत्यकामा पश्चिमी वायुको प्रभावले बादल लिएर आउने छ भने तापक्रम खासै बढ्न दिने छैन। यसै कारण दिउँसो थप चिसो बढ्ने अनुमान छ।  देशका केही भू–भागमा बिहानै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।