
शिशिर/ पोखरा । पोखराको वाटुलेचौरमा रहेको केभ सिटी पर्यटन सहकारी संस्था लिमिटेडको सम्पन्न अधिवेशनले पुनः वेनी वहादुर वस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
शनिवार सम्पन्न चौथों वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले सहकारीको वरिष्ठ उपाध्यक्षमा दुर्गालाल श्रेष्ठ, उपाध्यक्षमा प्रकास थापा, सचिवमा तुल वहादुर वस्नेत, सहसचिवमा चन्द्राकुमारी देवकोटा, कोषाध्यक्षमा मोहन वहादुर थापा र सह कोषध्यक्षमा प्रकाश भट्टराईलाई चयन गरेको छ । त्यस्तै सदस्यमा केदारनाथ अधिकारी, कुमार श्रेष्ठ,यम वहादुर खवास, बलराम तिमिल्सीना,तिलुमाया खवास र गंगा कार्की सर्वसम्मत चयन हुनुभएको हो ।यस अघि अधिवेशनको उद्रघाटन गर्दै गण्डकी प्रदेश सभाका पुर्व सांसद कृष्ण थापाले अन्य सहकारीको तुलनामा पर्यटन सहकारीको क्षेत्र विस्तृत भएको वताउँदै, पर्यटन क्षेत्रमा लगानी गर्न सुझाव दिनुभयो । पुर्व मन्त्री कुमार खड्काले स्थानिय समुदायको आर्थिक वृद्घीमा सहकारीको भुमिका महत्वपुर्ण रहेको वताउनुभयो ।सहकारीका अध्यक्ष वेनी वहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, जयलक्ष्मी सहकारीका प्रवन्ध निर्देशक सुशील केसी, शेयर सदस्य मोहन थापा लगायतले सहकारी मुलतः पर्यटन क्षेत्रलाई केन्द्रविन्दुमा राखी आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
अधिवेशनमा सचिव तुल वहादुर वस्नेतको वाषर््िाक प्रतिवेदन, कोषाध्यक्ष केदारनाथ अधिकारीको आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक सुरेन्द्र थापाको लेखा प्रतिवेदन सभाले पारित गरेको छ ।सह कोषाध्यक्ष प्रकाश भट्टराइले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सहसचिव चन्द्राकुमारी देवकोटाले गर्नुभएको थियो । सहकारीले पोखराका महत्वपुर्ण पर्यटकीय क्षेत्र महेन्द्र गुफा र चमेरे गुफा आउने पर्यटकलाई लक्षित गरी केभ सिटी गार्डेन रेष्टुरेन्ट संचालन समेत गरेको छ ।