२०८१ बैशाख २१ , शुक्रवार

अन्तर विद्यालय हाजिरी जवाफमा विन्ध्यवासिनी प्रथम

Capture

शिशिर पौडेल/ पोखरा । पोखराको वाटुलेचौरमा भएको अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा विन्ध्यवासिनी मा.वि प्रथम भएको छ ।

विन्ध्यवासिनी मा.विले आयोजना गरेको सामुदायिक विद्यालय स्तरिय प्रतियोगितामा भा।ती भवन मा.वि द्वितिय र नारायण आधारभुत विद्यालय तृतिय भएका छन् । कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा १४ वटा विद्यालय सहभागी भएको कार्यक्रम संयोजक आधारभुत तहका सह इन्चार्ज गोविन्द शर्माले जानकारी दिनुभयो । यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्र्मीले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासका लागी अतिरिक्त कृयाकलाप महत्वपुर्ण हुने वताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्ष्क अभिभावक संघका अध्यक्ष भिमप्रसाद पौडेल, सहायक प्रधानाध्यापक राम व. वानिया, लगायतले वोल्नुभएको थियो । कार्यक्ममा विजयी विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको र यस्ता कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिईने संयोजक शर्माले वताउनुभयो । कार्यक्रमको संचालन शिक्षिका उमा अधिकारीले गर्नुभएको थियो ।