२०८१ बैशाख १७ , सोमवार

युद्धविराम सकिएलगत्तै गाजामा इजरायलको आक्रमण, हमासले युद्धविरामका सर्तहरू पालना नगरेकाले दाबी

Israel Hamas

सुनाखरी न्युज/ काठमाडौं ।
युद्धविराम सकिएलगत्तै इजरायली सेनाले पुन: आक्रमण सुरु गरेको छ । इजरायलले हमासले युद्धविरामका सर्तहरू पालना नगरेकाले आक्रमण सुरु गर्नुपरेको दाबी गरेको छ । इजरायलले सुरु गरेको हवाइ आक्रमणका कारण कम्तीमा ६ जना प्यालेस्टिनी नागरिको ज्यान गएको बताइएको छ ।

युद्धविरामको समयावधि समाप्त हुनु केही समयअघि दक्षिणी इजरायलमा साइरन बजेको थियो र इजरायली सेनाले गाजाबाट प्रक्षेपण गरिएको रकेटलाई रोकेको बताएका थिए ।

हमासद्वारा सञ्चालित आन्तरिक मामिला मन्त्रालयले इजरायली हवाई आक्रमणबाट धेरै क्षेत्र प्रभावित भएको जनाएको छ।

युद्धविरामले गाजामा बन्दी बनाइएका १०० भन्दा बढी रिहा हुन सफल भएका छन् । अझै करिब १४० जना बन्धक छन् । युद्ध पुन: सुरु भएसँगै गाजामा अत्यावश्यक सामाग्रीको अभावबिच मानवीय संकट सुरु हुने सम्भावना छ।

 

युद्धविरामलाई थप गर्नेबारे वार्ता जारी नै रहेको बेला पुनस् हिंसात्मक युद्ध सुरु भएको हो ।