२०८१ बैशाख २२ , शनिवार

एनसेलको शेयर बेच्ने निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश, उच्च अदालतले बोलायो दुवै पक्षलाई छलफलमा

High-Court-Patan

सुनाखरी न्युज/ काठमाडौं ।

उच्च अदालत, पाटनले  एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

व्यवसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको छ ।

 

साथै अन्तरिम आदेश दिने÷नदिनेबारे भने दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ ।