२०८१ बैशाख १७ , सोमवार

गिनी बिसाउमा दुई मन्त्री रिहा भएपछि गोली चल्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
गिनी बिसाउ नेसनल गार्डका सैनिकहरूले बिहीबार राति प्रहरीले सोधपुछ गरेका दुई सरकारी अधिकारीलाई पदबाट मुक्त गरेपछि विशेष बलसँग गोली हानाहान भएको सेना र गुप्तचर स्रोतहरूले बताएका छन् ।

अर्थमन्त्री सुलेमान सेइदी र ट्रेजरी राज्यमन्त्री एन्टोनियो मोन्टेइरोलाई बिहीबार बिहान बोलाएर न्यायपालिकाले हिरासतमा लिएको थियो । प्रहरीले राज्यकोषबाट एक करोड अमेरिकी डलरको निकासीका बारेमा दुवै अधिकारीहरूसँग थुप्रै घन्टा सोधपुछ गरिएको तिनै स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् ।बिहीबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले सेइदीसँग राज्यकोषबाट रकम निकासीका बारेमा प्रश्न गरेका थिए । उहाँले निकासी कानूनसम्मत रहेको र राष्ट्रिय निजी क्षेत्रलाई समर्थन गर्नु त्यसको उद्देश्य रहेको दाबी गर्नुभएको थियो ।

नेसनल गार्डका सदस्यहरूले दक्षिणी सान्ता लुजिया जिल्लाको ब्यारेकमा आश्रय लिनुअघि बिहीबार राति सेइदी र मोन्टेइरोलाई अज्ञात स्थान लगेको स्रोतहरूले बताएका छन् । त्यसपछि छिमेकको ब्यारेक नजिकै ठूलो गोली हानाहानको आवाज सुनेको एएफपीका एक पत्रकारले बताएका छन् ।स्रोतहरूका अनुसार मध्यस्थताको धेरै असफल प्रयासपछि विशेष बलहरूले हस्तक्षेप गरेका थिए र गोली हानाहानपछि शान्ति बहाल भएको छ । इकोनमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स (इसिओडब्लुएएस) ले देशमा तैनाथ गरेको गिनी बिसाउ स्टेबिलाइजेसन सपोर्ट फोर्सका सदस्यहरू शुक्रबार बिहान बिसाउको सडकमा गस्ती गरिरहेको देखिएको एएफपीका पत्रकारले बताएका छन् ।

सन् २०१९ डिसेम्बरमा निर्वाचित राष्ट्रपति उमारो सिसोको एम्बाले हाल २८औँ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) मा भाग लिन दुबईमा हुनुहुन्छ । उहाँले सेप्टेम्बरमा दुई जनरल टोमस जस्सी र होर्टा इन्टालाई क्रमशः राष्ट्रपतिको सुरक्षा प्रमुख र चिफ अफ स्टाफका रूपमा नियुक्त गर्नुभएको थियो ।

पश्चिम अफ्रिकामा विशेषरूपमा ग्याबोन, नाइजर, माली, बुर्किना फासो, गिनी र यसै साता फेरि सिएरा लियोनमा सरकारलाई अपदस्थ गर्ने प्रयास बढिरहेका बेला राष्ट्रपतिको सुरक्षामा उक्त सुदृढीकरण गरिएको हो ।रासस/एएफपी