२०८१ जेठ ५ , शनिवार

यो साता सुनको मुल्यमा रेकर्ड माथि रेकर्ड कायम, चाँदीको मुल्यले पनि बनायो रेकर्ड 

gold1
सुनाखरी न्युज/ काठमाडौं ।
यो साता सुनको मुल्यमा रेकर्ड माथि रेकर्ड कायम भएको छ । रुष–युक्रेन तथा इजरायल हमासवीचको द्धन्दको प्रभावका कारण लगानीकर्ताहरु         सुरक्षित लगानीको खोजिमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य वृद्धिमा चाप परेको बिश्लेषकहरुले बताएका छन् ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्यमा तीन पटक सम्म नयाँ उचाई सहितको रेकर्ड कायम भएको  नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । महासंघका अनुसार साताको पहिलो      दिन आइतबार प्रति १० ग्राम १ लाख २ सय २५ रुपैयाँ रहेको सुनको मुल्य साताको चौंथो दिन बुधबार १ लाख २ हजार २ सय ८० मा पुगेर शुक्रबार पुनः १ लाख २ हजार पच्चिस कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ८ सय रुपैयाँले बढी होे ।
यस्तै यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि नयाँ  रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन १ हजार २ सय ७३ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार १ हजार ३ सय २० रुपैयाँ कायम भयो ।