२०८१ बैशाख १६ , आइतवार

बुधबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको सुनको मूल्य बिहिबार स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको सुनको मूल्य बिहिबार स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको आजको कारोबार मूल्य हालसम्मै उच्च विन्दुमा स्थिर छ । बुधबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा कारोबार भएको थियो ।

बिहीबार सोही मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको छ । महासंघकाअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदीको मूल्य १५ सय २० रुपैयाँ तोकिएको छ ।

 

उच्च मूल्यका कारण बजारमा सुन र चाँदीको कारोबारमा मन्दी देखिएको महासंघले जनाएको छ ।