२०८१ बैशाख २० , बिहिवार

समस्या हलगरी २४ मिनेटपछि खुल्यो सेयर कारोबार

Share Building

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर कारोबार  प्राविधिक समस्या हलपछि २४ मिनेट ढिलोगरी सुरु भएको छ ।

बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुग्यो ।

 

‘निर्माण कार्यका क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टममा पावर नपुगेपछि कारोबार अवरुद्ध भएको थियो’ नेप्से स्रोतले भन्यो ।

साढे ११ बजेपछि नियमित रुपमा सेयर कारोबार सुरु भएको छ । प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ ।