२०८१ जेठ ४ , शुक्रवार

सोफा उत्पादक सङ्घद्वारा सहयोग

New Note

सुनाखरी न्युज/ काठमाडौं । सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ ।

गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि सङ्घले मंगलबार सो सहयोग गरेको सङ्घका अध्यक्ष तारालाल धरेलले जानकारी दिनुभयो ।

कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान सङ्घले सञ्चालन गर्दै आएको छ । रासस