२०८१ बैशाख १७ , सोमवार

गोल्डेन नेचर बोर्डिङ स्कुलमा नेपाली निबन्धलेखन प्रतियोगिता सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं । पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनमा अवस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नो शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका बीच नेपाली निबन्धलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यार्थीहरूमा रहेको लेखन क्षमतामा सुधारका साथै थप निखार ल्याउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा सम्झौता भण्डारीले प्रथम स्थान प्राप्त गर्न सफल भइन भने जस्मिन आचार्यले द्वितीय स्थान, अनुश्का अर्यालले तृतीय स्थान र सरिता शर्माले सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

उक्त कार्यक्रमको संयोजन विद्यालयका शिक्षक मुक्तिनाथ रानाभाट र शिक्षिका सावित्री न्यौपानेले गर्नु भएको थियो ।