२०८१ बैशाख २३ , आइतवार

माछापुच्छ्रे बैंकले फिनपोस कारोबारमा आइपीएन जोड्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलोपटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेशन (आइपीएन) प्रविधिको शुरु गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक हो ।

 

नेपालभर फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधि सुरु गरेको जानकारी दिएको हाे । अब माछापुच्छ्रे बैंकका फिनपोस मर्चेन्टहरूले कार्ड, क्यूआर (नेपाल पे या फोन पे) र एम–स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत प्राप्त गर्ने भएका हुन्‌ । यो प्रविधिले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वसनीयता अझ बढ्ने र भविष्यमा नगदरहित कारोबारमा समेत टेवा पुग्ने बैंकको दाबी छ ।

 

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी फिनपोस पीओएस राख्ने मर्चेन्टहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । साथै अन्य कुनै मर्चेन्टहरूलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्र्पक राखि उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन् । बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।