२०८१ बैशाख २३ , आइतवार

सिटिजन्स बैंकको १८९औं शाखा टेकुमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८९औं शाखा काठमाडौं टेकुमा संचालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकले ३७ वटा र वाग्मती प्रदेशमा ५१ वटा शाखा पुर्‍याएको छ ।

 

टेकुमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखा उद्घाटन गरेका हुन् । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने बताए । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थिए ।

 

सुविधासम्पन्न टेकु शाखामार्फत लकर, एटीएम सेवा लगायत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य बैंकले राखेको छ । सिटिजन्स बैंकले देशभर हालसम्म १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरूबाट १६ लाख ७५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।