२०८१ जेठ ४ , शुक्रवार

सुनको मूल्य नयाँ उचाईमा

gold1

सुनाखरी न्युज/ काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको भाउ नयाँ उचाईमा पुगेको छ । सुनको भाउले दिनानुदिन ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च विन्दु हो।विश्व बजारमा सुनको भाउ बढेकाले नै नेपाली बजारमा पनि यसको प्रभाव देखिएको हो।विश्वबजारमा यो दिन सुनको भाउ प्रतिऔंस २ हजार १४ डलर रहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी यो दिन त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँ रहेको छ ।

यसैगरी यो दिन चाँदीको कारोबार प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने अघिल्लो दिन पनि सोही मूल्यका कारोबार भएको थियो ।