२०८१ बैशाख २२ , शनिवार

महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समझदारी पत्रमा हस्ताक्षर

Capture

सुनाखरी न्युज/ काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथगर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवाप्रदानगर्दै आईरहेको महालक्ष्मीविकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मी स्थान, हालक्ष्मी मन्दिरमा अवस्थित महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत कार्यको लागि महालक्ष्मी स्थान व्यवस्थापन समिति सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

 

महालक्ष्मीमन्दिर परिसरको प्राकृतिक सौन्दर्यलाई अभिवृद्घि गर्नुका साथै मन्दिरमादशर्न गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथाशान्तवातारणको अनुभूतिप्राप्तगर्न मद्दत पु¥याउने उद्देश्यले बैंकले उक्त बगैँचामर्मत गर्नका लागिउक्त सम्झौता गरेको हो । बैंकले २०७७ सालमाबँगैचाको पुनःनिर्माण गर्नुका साथै निरन्तर मर्मत कार्य गर्दै आईरहेको छ ।

बैंकले इच्छुक दर्शनार्थीहरुलाई मन्दिरमा डिजिटल दान÷भेटी प्रदानगर्न सहजता पु¥याउने हेतुले क्युआर कोडको व्यवस्था गरेको छ । महालक्ष्मीस्थानव्यवस्थापन समितिकाअध्यक्षश्री पुरुषोत्तम ढुङ्गाना र बैंकको निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागकाप्रमुखबसन्तबक्सीले समझदारी पत्रको आदानप्रदानगर्नुभएको थियो ।

आगामीदिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वकाकार्यहरुलाई थपप्रभावकारी रुपमानिरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफलदिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकमहानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवाप्रदानगर्ने प्रतिवद्घता जनाएको छ ।