२०८१ बैशाख २१ , शुक्रवार

शिवपुरी गाउँपालिका वडा नम्बर ४ कार्यालयले सुरु गर्यो एकिकृत घुम्ती सेवा कार्यक्रम

Capture

सुनाखरी न्युज/ काठमाडौं । नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका वडा न. ४ वडा कार्यालयले आफ्नो मातहतका कार्यालयहरुको सहकार्यमा एकिकृत घुम्ती सेवा कार्यक्रम सुरुवात गरेको छ।

एकिकृत घुम्ती सेवा कार्यक्रम अन्तर्गत वडा कार्यालय का सेवाहरु, स्वास्थ सेवा, कृषि सेवा, पशु सेवा तथा शिक्षा सम्बन्धि सेवाहरु स्थानीय सरकारको प्रत्याभूति हुने गरी जनताको घरदैलोमा पुयाउने कार्यको सुभारम्भ गरेको छ।

प्रत्येक महिनाको ११ गते पन्चेचोक साबिकको वडा नम्बर ८ , १२ गते तामाङ टोल साबिकको वडा नम्बर- ६ , १३ गते पुडी भञ्ज्याङ् साबिकको वडा नम्बर २ र १४ गते सिक्रे गुरुङ गाउँ साबिक वडा नम्बर – १ गरि ४ स्थानबाट एकिकृत घुम्ती सेवा कार्यक्रम संचालन गर्ने शिवपुरी -४ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङले बताउनु भयो। साथै फरक क्षमता भएका मानिसहरुको सर्बेक्षण गरि घर घरमा पुगी सेवा दिने कार्यको सुरुवात भएको छ । रासस