२०८१ बैशाख १७ , सोमवार

विद्यालय भवन उद्घाटन

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
भारत सरकारको सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित गौतमबुद्ध माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको रु तीन करोड ३२ लाख तीन हजार सहयोगमा निर्माण गरिएको विद्यालयको भवन नेपालस्थित भारतीय राजदूतावासका उप–प्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

भारत सरकारको अनुदान विद्यालय तथा प्रयोगशाला भवन निर्माण र फर्निचर एवम् प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । नेपाल र भारत सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।रासस