२०८१ बैशाख १७ , सोमवार

सिञ्जाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौँ दक्षिणकालीस्थित लायन्स क्लब इन्टरनेशनलले सिञ्जाका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लबका अध्यक्ष लायन प्रमोदकुमार पौडेल, द्वितीय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठ, जोन सेयरपर्सन लायन सुन्दरकुमार आचार्य, जनसम्पर्क उपप्रमुख प्रा डा लायन रामकृष्ण महर्जन, सदस्य लायन मुरारी बास्तोला र सदस्य लायन रामचन्द्र पाण्डेको समूह सिञ्जामा आएर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

झोला, स्यानिटरी प्याडलगायत सामग्रीमा विद्यार्थीलाई वितरण गरिएको क्लबका अध्यक्ष पौडेले जानकारी दिनुभयो । उहाँका अनुसार स्कुल व्याग चार सय थान, कापी १७ ग्रस, बलपेन एक हजार दुई सय पिस र स्यानिटरी प्याड नौ सय १३ प्याकेट गाउँपालिकाको रोहबरमा वितरण गरिएको हो । वितरण कार्यक्रममा मिडिया पाटनर बेल संचारको सहभागितामाथियो ।

आगामी दिनमा पनि क्लब र सिञ्जा गाउँपालिका बीचको सम्बन्ध विस्तार गर्न क्लबको तर्फबाट थप कार्यक्रम सञ्चालन गर्ने क्लबका द्वितीय उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाका २२ विद्यालयअन्तर्गत १० प्रतिशतका आधारमा छनोट गरिएका चार सय सय विद्यार्थीलाई उक्त शैक्षिक सामग्री क्लबले उपलब्ध गरएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो । उहाँले क्लबका सम्पूर्णलाई पालिकाको तर्फबाट धन्यवाद समेत दिनुभयो । उहाँका अनुसार पालिका कार्यालयदेखि सबैभन्दा टाढा रहेको महादेव आधारभूत विद्यालय स्याउल्याका सबै विद्यार्थीलाई उक्त सामग्री दिइने र बाँकी प्रत्येक विद्यालयबाट आवश्यकताका आधारमा १० प्रतिशतलाई दिइने छ ।

सामग्री वितरण कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष कार्यपालिका सदस्य विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रमुखलगायतको उपस्थिति रहेको सिञ्जा गाउँपालिकाले जनाएको छ । रासस