२०८१ जेठ १ , मंगलबार

नबिल बैंकले सुरु गरेको नबिल स्कुल अफ सोसल इन्टरप्रेन्यरसीप ‘नबिल एसएसई’ कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव

Capture

सुनाखरी न्युज/ काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागिनबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’(Nabil School of Social Entrepreneurship – Nabil SSE) कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ।

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट सहित आठ विभिन्न विद्यालय बाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् । दुई वर्षको अवधिमातीन सय ३५ जनाविद्यार्थीहरूले यो कार्यक्रममा सहभागिताजनाएको नबिल बैंकले जनाएको छ। जसमध्येबाट ५२ वटा उद्यमजन्मँदा ८६९ जनाले रोजगारी पाएका छन् । नबिलबैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमको कारण सामाजिकवित्त प्रवद्र्धनमा बैंकको भूमिकाथप बढेको बताए। ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासकालागि सामाजिकवित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं,’अध्यक्षपौड्यालले भने। उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरतादिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

बैंककाप्रमुखकार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिकउद्यमीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए। उनले यस कार्यक्रममा सहभागीहुने नबिल बैंककाकर्मचारी, विज्ञहरू, साझेदार, तथाविद्यालयप्रतिनिधिहरूलाई विशेष धन्यवाददिए। ‘हामीदिगो बैंकिङ र सामाजिकउद्यमशीलतामार्फत हाम्रो समाजमाउल्लेखनीय परिवर्तन ल्याउनहामीप्रतिबद्ध छा,ैँ’उनले भने। नवीनविचार भएकानागरिकलाई ज्ञान, वित्तीयपहुँच, र सामाजिकउद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामादिगोपनादिन र सञ्जालविस्तार गर्नको लागि यो कार्यक्रम सहयोगीभएको उद्यमीहरूले बताएका छन् ।नबिलएसएसई कार्यक्रमअन्तर्गत फेलोसिपकार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् ।

नबिल एसएसई फेलोहरूको सफलताका कथाहरू अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रम लाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् । यस कार्यक्रममा सहभागीहरूले राष्ट्रिय तथाअन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफलभएका छन्भने उद्यमशीलताविकासमाउदाहरणीय काम गरेका छन् । यसै कार्यक्रममा सहभागीभएकाउद्यमी राजविक्रममहर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकपजित्न सफलभएका छन् । महर्जनले नबिलएसएसई टोलीप्रति कृतज्ञता व्यक्तगर्दै भने, ‘कार्यक्रममाभर्ना भएपछि मैले आफ्नो व्यावसायिकविचार, ब्रान्डिङ्, मार्केटिङ र नेटवर्किङका अवसरहरूमाध्यान केन्द्रितगर्न सिकेँ, जसले मलाई धेरै मद्दत ग¥यो।’

 

यमबहादुर कार्की, दिव्या महर्जन लगायतले पनि उदाहरणीय काम गरेका छन् । उनीहरूले किसानहरूलाई सहयोग गर्ने प्रकारका कार्यक्रम र नवीन शैलीबाट सौन्दर्यका सामाग्रीउत्पादनमामहत्त्वपूर्ण योगदान गरेका छन् ।उद्यमशीलता लाई बढावा दिन, सामाजिक उद्यमशीलता मार्फत समाजमा अर्थपूर्ण योगदानगर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको बैंकले जनाएको छ।

रासस