२०८१ जेठ ४ , शुक्रवार

काठमाडौं विश्वविद्यालद्वारा राष्ट्रिय उपकुलपति सम्मेलन आयोजना

Capture

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंविश्वविद्यालय (केयु)ले शुक्रबार नेपालभरका विश्वविद्यालयका उपकुलपतिहरुको सम्मेलन आयोजना गरेको छ ।

“‘उच्चशिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण” विषयकसम्मेलनले उच्चशिक्षाको अवस्था सुधार गर्न नेपालकाविश्वविद्यालयहरूकालागि साझामार्गचित्रनिर्माण गर्ने मार्ग प्रशस्त गरेको छ। सम्मेलनमा सहभागीउपकुलपतिहरुले नेपालकाविश्वविद्यालयहरुले आजभोगिरहेको संकट र त्यसको समाधानकाउपायबारे बृहत् छलफल गरे । उनीहरूले नेपालको उच्चशिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न र नेपालीविद्यार्थीहरूको निरन्तर पलायनको समस्यालाई सुल्झाउनकार्ययोजनाविकास गर्न प्रतिबद्धता व्यक्त गरे ।

सहभागीहरुले काठमाडौं विश्वविद्यालयको आयोजनामाआगामी फेरुअरी १५–१६, २०२४ माहुने उत्तर भारतका२ सय ५० भन्दा बढी विश्वविद्यालयकाउपकुलपतिको बैठकघि नेपालकाविश्वविद्यालयहरूको साझाआवाजनिर्माण गर्ने प्रतिबद्धता जनाए।
धुलिखेलस्थितकाठमाडौंविश्वविद्यालयको मूलक्याम्पसमाभएको सम्मेलनमाप्रधानमन्त्रीपुष्पकमलदाहाल, शिक्षा, विज्ञान तथाप्रविधि राज्यमन्त्रीप्रमिलाकुमारीलगायतविश्वविद्यालयकाउपकुलपति, रजिष्ट्रार, रेक्टर, डीन लगायत १ सय ५० भन्दा बढी शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममाबोल्दै प्रधानमन्त्रीदाहालले ज्ञान उत्पादन र सहयोग प्रणालीमार्फत वर्तमानचुनौतीलाई अवसरमा परिणत गर्नमा सम्मेलनको महत्वऔंल्याए। उच्चशिक्षा संस्थारुको स्वायत्तताको आवश्यकताबारे प्रकाशपार्दै दाहालले विश्वविद्यालयकालागि स्वशासनको खाकानिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
“विश्वविद्यालयअनुदानआयोगअन्तर्गत राष्ट्रिय शिक्षाको ढाँचा, समकक्षताको प्रावधानतथा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न बनाउनविश्वविद्यालयहरूले चालेका पहलहरू प्रसंशनीय छन्,” दाहालले भने ।
राज्यमन्त्रीप्रमिलाकुमारीले विद्यार्थीको गतिशीलतालाई सम्बोधन गर्न सान्दर्भिक उपायखोज्नुपर्नेमा जोड दिइन् । “सहकार्यमार्फत प्रभावकारी क्रेडिट ट्रान्सफर र क्रेडिट सञ्चयकाप्रावधानहरू निर्माण गरेर मात्र यस्तो लक्ष्यप्राप्त गर्न सम्भव छ ।” कुमारीले राष्ट्रिय र वैश्विकशैक्षिक मापदण्डको ठोस प्रावधानसहितउच्चशिक्षालाई सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिइन् ।
काठमाडौंविश्वविद्यालयकाउपकुलपतिभोलाथापाले राष्ट्रिय तथा क्षेत्रीयतहमाशिक्षाको मापदण्डमा एकरूपताल्याउने उद्देश्यले सम्मेलन आयोजनागरिएको बताए । थापाले उच्चशिक्षाको भविष्यकामार्गहरू पुनः परिभाषित गर्नुपर्ने आवश्यकताऔंल्याए ।

थापाले विश्वभरका नीतिविद्, विश्वविद्यालयकाअधिकारी र विद्वानहरुको भेलाहुनु नेपालको उच्चशिक्षालाई सुदृढ बनाउने ऐतिहासिकअवसर भएको बताए । “साझा शैक्षिकहितको उद्धेश्यले ज्ञान आदानप्रदाद र सहकार्य गर्ने हाम्रो पहलहो ।”
काठमाडौंविश्वविद्यालयका संस्थापकउपकुलपति सुरेशराजशर्माले शैक्षिक संस्थाले दिने शिक्षाको गुणस्तरका आधारमा राष्ट्रिय पहिचाननिर्माण गर्नेतर्फ जोड दिए । शर्माले द्रुतरूपमा परिवर्तन भइरहेका स्थानीय र विश्वव्यापी परिदृश्यहरूसँग नेपालको शिक्षा पद्धतिलाई एकाकार बनाउनप्राविधिकरूपमा राम्रो बहु–विधागतसिकाइका स्थानहरूको महङ्खवकाबारे प्रकाशपारे ।
काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार अच्युत प्रसाद वाग्लेले उच्चशिक्षाका पेशाकर्मीमाझ पेशागतइमान्दारी र नैतिकजिम्मेवारी हुनुपर्नेमा जोड दिए । उनले सम्मेलन शैक्षिकवातावरणमा सकरात्मकप्रभावपार्ने विन्दुहरुलाई जोड्ने पहल रहेको समेत बताए । “अहिले हामीजहाँ छौं, त्यहीबाट उत्कृष्टता हासिल गर्नु बुद्धिमतापूर्ण हुन्छ । त्यसकालाथिहामीले उच्चशिक्षाका सवालमा केन्द्रितहुने खुकुलो बौद्धिक बहस र संवादको पहल गर्ने निकायनिर्माण गर्नु आवश्यक छ,” वाग्लेले भने ।
विश्वविद्यालयअनुदानआयोगकाअध्यक्ष देवराजअधिकारीले समापन सत्रमाबोल्दै काठमाडौं विश्वविद्यालयको पहलमाआयोजित सम्मेलने आयोगको पूरकको रुपमाकाम गरेको बताए । सम्मेलनले नेपालमाउच्चशिक्षाको सुदृढीकरणका र अन्तर्राट्रियकरणका लागिउल्लेखनीय योगदानदिने विश्वास व्यक्त गरे ।

सम्मेलनकाप्राविधिक सत्रमाविश्वविद्यालयकाशीर्ष नेताहरूले नेपालका शैक्षिकभविष्यकालागिमार्गचित्र प्रस्तुत गरेका थिए। नेपालखुलाविश्वविद्यालयकाउपकुलपतिशिलु मानन्धर बज्राचार्यले उच्चशिक्षालाई आकार दिने उद्देश्यसहितखुलाशिक्षामाभएकापहलकाबारे बताइन् । उनले देश र विदेशका हरेक कुनाबाट सिक्नचाहनेहरुलाई पहुँचयोग्य स्व–निर्देशित, खुलासिकाइका अवसरको आवशयकतामाथिप्रकाशपारिन् । नेपालविश्वविद्यालयविकास बोर्डका अध्यक्षअर्जुन कार्कीले नेपालको उच्चशिक्षालाई मानविकीतथाकलाअध्ययनको माध्यमबाट थप सान्दर्भिक बनाउने बारे बताए । सुदूरपश्चिमविश्वविद्यालयकाउपकुलपतिअम्म राजजोशीले विद्यार्थी आदानप्रदान र गतिशीलताकार्यक्रममार्फत उच्चशिक्षाको भविष्यको रूपान्तरण गर्न सकिनेमा जोड दिए । गण्डकी विश्वविद्यालयकाकुलपति गणेशमान गुरुङले नेपालीउच्चशिक्षालाई विश्वसँग जोड्न नेपालमाभइरहेका प्रयासका सबल र दुर्बल पक्षकाबारे प्काशपारे ।