२०८१ बैशाख २४ , सोमवार

यी दश वाणिज्य बैंकको लाभांश घोषणा

dividends

सुनारखी न्युज/ काठमाडौं ।
१० वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

हालसम्म नबिल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सिटीजन्स बैंक र सानिमा बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

 

लाभांश घोषणा गरेकामध्ये ६ वटा वाणिज्य बैंकले दशैंअघि नै साधारण सभा सम्पन्न गरेका थिए । सिद्धार्थ बैंकले मङ्सिर ५ गते मात्र सभा सम्पन्न गरेको छ । स्ट्याण्डर्ड चार्टर्डले मङ्सिर २४ गते आइतबार तथा ग्लोबल आइएमई बैंकले मङ्सिर २८ गते मंगलबार साधारण सभाको मिति तय गरेका छन् । साधारण सभा सम्पन्न गरेका बैंकहरुले सेयरधनीलाई डिम्याट खातामा उल्लेखित खातामा नगद लाभांश समेत पठाइसकेका छन् ।

२० वटा वाणिज्य बैंकहरूमध्ये १९ वटा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा सूचीकृत छन् । राष्ट्रिय वाणिज्य बैंक भने सूचीकृत छैन । राष्ट्रिय वाणिज्य बैंक बाहेक अब सूचीकृत ९ बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।