२०८१ बैशाख १६ , आइतवार

बैंकहरूको आधार दर घट्यो, कुन बैंकको कति ?

Bank

सुनाखरी न्युज/ काठमाडौं ।
वाणिज्य बैंकहरूको औसत आधारदर सामान्य घटेको छ। बैंकहरूले हरेक महिना यसअघिका तीन-तीन महिनाको औसत आधार दर अनुसार कर्जामा ब्याजदर लिन्छन्।

हालसम्म ११ बैंकहरूले आधार दर सार्वजनिक गरेका छन्। यी बैंकहरूको औसत आधार दर १०।१६ प्रतिशतबाट घटेर १०।०४ प्रतिशत भएको छ।

सबै ११ वटै वाणिज्य बैंकको आधार दर घटेको छ। अहिले पनि धेरै बैंकको आधार दर १० प्रतिशत माथि नै छ। केहीको भने योभन्दा तल आएको छ।

 

क्रमिक रूपमा घट्दै गएको कर्जाको ब्याजदर आगामी पुसमा थप घट्ने भएको छ। बैंकहरूको कर्जा लगानीको वृद्धिदर सुस्तिएपछि मंसिरमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्। यसले पुँजी लागत घट्छ र कर्जाको ब्याजदर समेत घट्न सहयोग पुग्छ।

 

बैंकहरूले मंसिरको लागि प्रकाशित ब्याजदरमा प्रिमियम दर पनि घटाएका छन्। अहिले पनि धेरै बैंकको यस्तो प्रिमियम अधिकतम ५ प्रतिशत छ।

एनआइसी एशिया, सिटिजन्स, एभरेष्ट, राष्ट्रिय वाणिज्य, सानिमा, नेपाल एसबिआई बैंकको अधिकतम प्रिमियम दर ५ प्रतिशतभन्दा पनि कम छ। एनआइसी एशिया बैंकको अधिकतम प्रिमियम दर सबैभन्दा कम ९३ प्रतिशत मात्रै० छ।