२०८१ बैशाख २४ , सोमवार

सरकारले सडकमा प्रदर्शन गर्न नदिएपछि दुर्गा प्रसाईं पक्षधरले गरे होटलको कम्पाउण्डभित्रै प्रदर्शन

Capture

सुनारखी न्युज/ काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले काठमाडौंमा  प्रदर्शन गर्न नपाएपछि होटलको कम्पाउण्डमा बसेर प्रदर्शन गरेका छन‍्।

 

गौशालास्थित विजय चोकमा रहेको एक होटलको कम्पाउण्डमा बसेर प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका हुन्।

 

उनीहरू नेपालको झण्डा बोकेर भित्र बसेर नाराबाजी गरिरहेका हुन्। प्रदर्शनकारीलाई प्रहरीले बाहिरबाट घेरा लगाएको छ।

बाहिर निस्किन भने दिएको छैन।