२०८१ बैशाख २१ , शुक्रवार

नेपाललाइफ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Capture

सुनाखरी न्युज / काठमाडौं।

नेपालको सर्वाधिकविश्वासिलो जीवनबीमाकम्पनी नेपाललाइफइन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बई स्थीत होटलताज ल्यांड्स इंड्समाआयोजितचौथो आइसीसीइमार्जिंग एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ समारोहमा Outstanding Performance in the Life Insurance Industry of Nepal बाट सम्मानितगरिएको छ ।

२०८० मंसीर ७ गते सम्पन्न अवार्ड समारोह इन्डियन च्याम्बर अफकमर्सद्वारा आयोजनागरिएको हो । कम्पनीद्वारा गरिएको दाबीभुक्तानीको अनुपात,चुक्तापुंजी, प्रथमबीमाशुल्कआर्जन र कम्पनीद्वारा प्रशिक्षणमागरिएको लगानी जस्ता मापदण्डहरुलाई मुल्यांकनगर्दै नेपाललाइफइन्स्योरेन्स कम्पनीलाई यो सम्मानप्रदानगरिएको हो । उक्तअन्तराष्ट्रिय सम्मान यस कम्पनीकाप्रमुखकार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले ग्रहण गर्नु भएको छ ।

चौथो आइसीसीइमार्जिंग एशियाइन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ PWCभारतको सहकार्यमागरिएको हो । संसारमै लब्धप्रतिष्ठीत परामर्शदाता PWC ले एसियामाउदीयमानइन्स्योरेन्स कम्पनीहरुको कार्यसम्पादनगर्ने प्रक्रियालाई समिक्षागर्दै कम्पनीहरुलाई विभिन्नविधामा सम्मानितगरिएको हो । कम्पनीको कार्य कुशलता, प्रभावकारी एवम् पारदर्शी नीतितथा योजना, आमजनमानसको विश्वसनीयता र लोकप्रियतातथाचुस्त, सहज र विस्तारित सेवाप्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई “Outstanding Performance in the Life Insurance Industry of Nepal”बाट सम्मानितगरिएको हो ।

कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्षतथा सदस्यहरु,सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामकनिकाय, शेयरधनि महानुभावहरुतथा नेपाललाइफ सँग आवद्ध समस्त सेवाग्राहीहरु लाई प्रदानगर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमाहार्दिक आभार प्रकट गर्नुभएको छ। यसरी नै सामुहिक सहकार्य गर्दै जीवनबीमाको महत्व तथा यसको उपयोगिताको बारेमाअझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागिप्रोत्साहन गराउने कार्यमा नेपाललाइफलाई अगाडि बढ्न सदैव हौसलामिल्ने अपेक्षारहेको बताउनु भयो ।