२०८१ बैशाख २३ , आइतवार

सुनको अवैध तस्करीबारे जाँचबुझ आयोगमा चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।
सरकराले सुनको अवैध तस्करीबारे जाँचबुझ आयोगमा चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिशिबार वसेको बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सुनको अवैध तस्करीबारे जाँचबुझ गठन गर्न भएको आयोगको माग बमोजिम चार जना प्राविधिक जनशक्ति थप गर्ने निर्णय पनि गरेको हो ।

यसैगरी  नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनले दिएको राजीनामा २०८० कात्तिक २४ गतेबाट लागु हुने गरी मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 

यसैगरी ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले पनि पदावधि सकिनुभन्दा एक महिना अगाडि नै राजीनामा दिएका थिए । उनले पनि आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको र त्यसलाई आजको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको मन्त्री शर्माले बताइन् ।