२०८१ बैशाख २० , बिहिवार

अर्थमन्त्रीद्वारा जनक शिक्षाको अनुगमन

Prakashsharan-Mahat
सुनाखरी न्युज / काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्नुभएको छ ।
केन्द्रले गरिरहेको विद्यालयस्तरको पाठ्य पुस्तकको छपाइको मन्त्री महतले स्थलगत अनुगमन गर्नुभएको हो । उहाँले जनक शिक्षाको सेक्युरिटी प्रेसको समेत अनुगमन गर्नुभयो ।
मन्त्री डा महतलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रका काम र गतिविधिको बारेमा जानकारी गराउँदै पुस्तक छपाइ र अन्य सामग्री छपाइको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले विगत चार वर्षदेखि नेपाल सरकारको अन्तःशुल्कसम्बन्धी काम सेक्युरिटी प्रेसमा छपाइ हुँदै आएकोमा सरकारले यसवर्ष उक्त काम भारतमा छपाइ गर्न लगेको भन्दै सरकारका त्यस्ता गोप्य काम केन्द्रकै सेक्युरिटी प्रेसमा छपाइका लागि दिन आग्रह गर्नुभयो । मन्त्री डा महतले जनक शिक्षालाई कामको खाँचो नहुने भन्दै सरकारले छपाइका लागि केन्द्रलाई नै दिने प्रतिबद्धता जनाउनुभयो ।रासस