२०८१ जेठ ४ , शुक्रवार

माइतीघर मण्डलामा निषेधाज्ञाविरुद्धको रिटमा आज सुनुवाइ

supreme court

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्छुट्टै रिट दिनु भएको थियो ।

अधिवक्ता सिलवालले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गर्नु भएको छ भने नेपालले वारेसमार्फत रिट दायर गराउनुभएको हो ।

संविधानले बिना हातहतियार शान्तिपूर्ण भेला गर्ने अधिकार प्रत्याभूत गरेको भन्दै प्रशासनको निर्णय अन्तरिम आदेशबाट खारेज हुनुपर्ने उहाँहरूको माग छ ।

मंसिर ७ गते दुर्गा प्रसाई समुह र एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले छुट्टाछ्ुट्टै प्रदर्शन आव्हान गरेपछि प्रशासनले काठमाडौं र ललितपुरका केही संवेदनशील क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

 

रासस