
किरण गिरी । गणतन्त्र र परिवर्तनको १५ बर्ष , संबिधान निर्माणको ९ औ बर्षमा आइपुग्दा आज मुलुक गम्भीर आर्थिक संकट र राजनीतिक दुर्घटना को मोडमा किन आइपुग्यो ?
यसको आत्मासमिक्षा कसले गर्ने ?
मुलुकलाई चरम भ्रस्टाचारमा कसले पुर्यायो ?
दण्डहीनताले पराकाष्ठा नाघिसकेको अबस्थामा जनता मा ठुलो निरासा छाएको छ ।
अबको राजनीतिक , आर्थिक निकास के त ?
विस्तृत शान्ति सम्झौता२०६३”को मंसिर-५ गते१८औं वर्षमा पुग्दा ९ नेताहरु प्रधानमन्त्री भए,
को १४ औ पटक सरकार गठन भयो।
तर शान्ति सम्झौताका मूख्य कार्यसूची टुंगिन सकेन।अन्तरराष्ट्रिय मान्यता,
सर्वोच्चको आदेश र
सम्झौता अनुसार पीडित केन्द्रित न्याय एबं
परिपूरणको व्यवस्था तत्काल नगरिनु र आज सम्म नहुनु विधिको शासनको धज्जी उडाउने हो। यो बिच माओवादीले नै धेरै पटक सरकार को नेतृत्व गर्यो ।
हाम्रो राजनीति सदा सर्बसत्ताबदमा केन्द्रित रह्यो ।
पार्टी सत्ता होस वा राजकीय सत्ता जसरी पनि प्राप्त गर्ने र प्राप्त गरेपछि छोड्न नचाहने प्रवृत्ति हाबी भयो । भ्रष्टाचार र आर्थिक अनियमितता ले सिमा नाघिसकेको छ । दण्डहीनता को पाराकाष्टा समेत नाघिसकेकोले हामी राजनीतिक परिबर्तनको गम्भीर मोडमा आइपुगेका छौ । जसले गर्दा नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोखिममा पुगेको देखिन्छ । राजनीतिक दलका शिर्ष नेतृत्व यो स्विकार्न तयार हुनुपर्यो । आफू र आफ्नो पार्टी सच्चिन र परिमार्जित हुन तयार हुनु पर्यो । अन्यथा – ” कहाँ थियौ तिमी रंगमञ्चमा उठेपछि आयौ , समयले जवानी लुटेपछी आयौ ” भन्नुको विकल्प देखिदैन ।
अबको विकल्प के त ? मेरो निजि प्रस्ताव :-
१. संबिधान र परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनीतिक दलहरू सम्मीलित –
” राष्ट्रिय लोकतान्त्रिक सरकार “तत्काल गठन ।
२ .०६२/६३ यता गठन भएका सरकार प्रधानमन्त्री , मन्त्री र तिनका परिवारको सम्पत्ति छानबिन र राष्ट्रियकरण ।
३ . उच्च पदस्त कर्मचारी हरु र बिकास निर्माण सम्बन्धि मन्त्रालय का कर्मचारीहरुको सम्पत्ति छानबिन र राष्ट्रियकरण ।
संबिधान संशोधन :-
४. साशकिय स्वरुप र शैलीमा परिबर्तन ।
५. समानुपातिक निर्वाचन प्रणाली खारेज ।
६. प्रतिनिधि सभा -२६५ सिटको ब्यबस्था ।
७ .राष्ट्रिय सभा संबिधान को क्लष्टर अनुसार प्रतिनिधित्व सुनिश्चित हुनेगरी – ९१ सिटको ब्यबस्था गर्ने ।
८. तीन पटक भन्दाबढी प्रधानमन्त्री र मन्त्री बन्न नपाउने ब्यबस्था संबिधान मा नै समावेश ।
९.राजनीतिक दलको केन्द्रिय तहमा चार कार्यकाल भन्दा बढी कार्यरत हुन नपाउने प्राबधान संबिधान मा नै गर्ने ।
किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।