२०८१ जेठ ४ , शुक्रवार

बुद्धशान्तिमा ठुटेबर मेला सुरु

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
झापा र इलामको सङ्गमस्थल ठुटेबरमा ठुटेबर संरक्षण तथा विकास समितिको आयोजनामा बुद्धशान्ति गाउँपालिका–६ मा आजदेखि ठुटेबर मेला सुरु भएको छ । मेलाको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा महामन्त्री शर्माले रु. छ करोडको लागतमा बुद्धशान्ति गाउँपालिकामा नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बताउनुभयो । उहाँले धुलाबारीदेखि ठुटेबरसम्मको सडक कालोपत्र गर्न सरकारले रु. चार करोड विनियोजन गरीसकेको बताउनुभयो ।

मेला मङ्सिर ११ गतेसम्म जारी रहनेछ । हरेक वर्ष वैशाख पूर्णिमा र कात्तिक पूर्णिमा आयोजना हुँदै आएको मेला भर्न मोरङ, सुनसरी र भारतको दार्जिलिङबाट सर्वसाधारण आउने गरेका छन् । रासस