२०८१ बैशाख २३ , आइतवार

शेयर बजारमा २३.८२ अंकको गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २३.८२ अंकले घटेर एक हजार ८ सय २९ दशमलब ६५ विन्दुमा बन्द भएको हो ।

 

त्यस्तै, आज ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ३१ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ५ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ८.१३ प्रतिशतले बढेर प्रतिकित्ता २३१.४० रुपैयाँ पुगेको छ । यस्तै बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ७ प्रतिशत भन्दा बढिले बढेको छ ।

 

आज माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९.९४ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्ट्रिलरी  लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।