२०८१ बैशाख २२ , शनिवार

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ मङ्सिर ८ देखि सर्वसाधारणलाई

Capture

सुनाखरी न्युज/ काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यस निष्काशनमा मङ्सिर १२ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस गाही नै वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरिसकेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ ।

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो। कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी स्थापना भएको हो।