२०८१ बैशाख २३ , आइतवार

सुनचाँदीको मूल्य बढ्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार पहेंलो धातु सुन र चाँदीको भाउ बढेको छ । यो दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो ।

अघिल्लो कारोबार दिन सोमबार छापावाला सुन प्रतितोला १लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १६ हजार २००रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसैगरी, यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो कारोबार दिनभन्दा यो दिन ५ रुपैयाँले बढेको हो ।