२०८१ बैशाख २० , बिहिवार

पन्चकन्या ५ बच्छला माध्यमिक विद्यालयमा अभिभावकको अनुगमन, २ बजे नै विद्यालय बन्द गरिएको अबस्थामा भेटियो

Capture

सुनाखरी न्युज/नुवाकोट । पन्चकन्या ५ भद्रुटार मा संचालित बच्छला माध्यमिक विद्यालय( ठाटिको डिल) मा आज अभिभावकहरु द्वारा छड्के अनुगमन गरिएको थियो ।

 

अनुगमनको क्रममा विद्यालयका १३ जना अभिभावक अनुगमनमा उपस्थित रहेका थिए । अनुगमनका क्रममा २८ जना विद्यार्थी , शिक्षक ९ जना उपस्थित रहेको भेटिएको र अभिभावकहरु द्वारा वडा अध्यक्ष लाई बोलाइ मिटिङ बसेका थिए ।सरकारी विद्यालय जहाँ गरिब विद्यार्थी अध्यन गर्ने गर्दछन। त्यहाका अभिभावकले आज मङ्सिर ४ गते विद्यालय को अनुगमन गर्दा दुई बजे पुग्दा विद्यालय बन्द गरि हिडिसकेको विद्यालय बन्द अबस्थामा भेटिएको स्थानीय अभिभावकले जानकारी दिनुभयो।

 

हामी हाम्रो बालबच्चा को पढाई प्रती सचेत छौ। सरकारी विद्यालय को अभिभावक सचेत न भए विद्यार्थीको पढाई सुधार हुन नसक्ने बताए।विद्यार्थी लाई छुट्टी गरि शिक्षक समेत घर गएको अनुगमन को क्रममा भेटियो। वडा अध्यक्ष संग जानकारी लिन खोज्दा मलाई अभिभावकले विद्यालयमा बोलाउनु भएको थियो जादा विद्यालय बन्द रहेको थियो ।साच्चै सरकारी विद्यालयका अभिभावक यसरी सचेत हुने हो भने शिक्षा सरकारी विद्यालयको शिक्षा हुने थियो ।

No description available.