२०८१ बैशाख २३ , आइतवार

नेप्सेमा सामान्य वृद्धि

Share-Working

सुनाखरी न्युज/ काठमाडौं । तिहारको लामो बिदापछि खुलेको नेपालको शेयर बजारमा पहिलो कारोबार दिन सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) १.३९ अंकले बढ्दै १८५३.४८ बिन्दुमा पुगेको छ । कारोबार रकम १ अर्ब ९ करोड रुपैयाँ नाघेको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका ११९ कम्पनीको शेयरमूल्य बढेको छ भने ११३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ । आज शेयर बजारमा ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले प्रतिशत हिसाबमा सबैभन्दा बढी कमाएका छन्‌ । सो कम्पनीको शेयरमा ९.९८ प्रतिशत वृद्धि हुँदा प्रतिकित्ता मूल्य ८३ रुपैयाँ बढेर ९१५ रुपैयाँ पुगेको छ ।

 

फरवार्ड माइक्रोफाइनान्सका शेयरधनीहरूले भने आज सबैभन्दा बढी गुमाएका छन्‌ । यो कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लाग्दा प्रतिकित्ता मूल्य १२० रुपैयाँ ९० पैसाले घटेर १०८८ रुपैयाँ ६० पैसा कायम भएको छ ।