२०८१ बैशाख २२ , शनिवार

कुमारी बैंकको सीइओमा खनाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

 

कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंकका सिइओ रमेशकुमार अर्यालले राजिनामा दिएपछि बैंक सञ्चालक समितिले खनाललाई सिइओनियुक्त गरेको हो ।

एनसीसी र कुमारी बैंकलाई सफल मर्जर गराएका रमेशकुमार अर्यालले कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि सञ्चालक समितिले बैठकले बैंकका वरिष्ठ डेपुटी सीइओ रामचन्द्र खनाललाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

यसअघि कुमारी बैंकका तत्कालीन सीइओ अनुजमणि तिम्सिनाले राजीनामा दिंदा समेत खनालले सीइओको जिम्मेवारी पाएका थिए । उनले सो बेला छोटो समयमै तत्कालीन कुमारी बैंकमा राम्रो सुधार गरेका थिए । तर, त्यही बीचमा एनसीसी बैंकसँग मर्जरको कुरा मिलेपछि उनी वरिष्ठ डेपुटी सीइओमा बस्न तयार भएका थिए ।

 

चार्टर्ड अकाउण्टेन्ट समेत रहेका खनालले १४ वर्षअघि सानिमा बैंकबाट सिनियर अफिसरबाट करिअर सुरु गरेका थिए ।