२०८१ बैशाख २२ , शनिवार

सुनको मूल्य बढ्यो

gold1

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन दिन सोमबार सुनको भाउ बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । यो दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी यो दिन तेजावी सुनको भाउ प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको भाउ प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।