२०८१ बैशाख २२ , शनिवार

आज सुनचाँदीको भाउ स्थिर

gold1

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि दरमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि आज स्थिर रहेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ५५५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ तोकेको छ।