२०८३ कार्तिक ९ , आइतवार

ग्रीन डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकास गुरुङ्ग नियुक्त

Capture

सुनाखरी न्युज/ काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीयकार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुखकार्यकारी अधिकृतमा प्रकास गुरुङ्ग नियुक्त भएका छन ।

दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य अनुभव रहेका गुरुङ्ग लाइ सञ्चालक समितिको बैठकले नायव प्रमुखकार्यकारी अधिकृतमा नियुक्त गरेको हो । वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङ्ग यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुखकार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन ।

नवनियुक्त नायव प्रमुखकार्यकारी अधिकृत गुरुङ्गले यसबैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो अहंम भूमिका रहने बताए।