२०८१ बैशाख ३१ , सोमवार

छठ पर्व भन्दै किन गरिन्छ छैठी देवीकाे पूजा ?

Capture

गोपी ढकाल । श्रीमद्भागवत गीता जीवन विज्ञान बाट ।
हाम्रा हरेक सांस्कृतिक परम्परा भित्र वैदिक विज्ञान लुकेकाे हुन्छ र वैदिक विज्ञानलाई विज्ञानकाे पनि प्रज्ञान भन्दै बुझ्नु पर्दछ । मानव जीवनकाे जग र पिलर भनेकाे नै सातवटा चक्रहरू हुन त्यसमध्ये छैठौं आज्ञा चक्रलाई चक्रहरूकाे पनि महाराजा मानिन्छ ।

छैठौं चक्र अथार्थ आज्ञा चक्रलाई मान्छेले सन्तुलित अथार्थ नित्य- सचेत र नित्य – नवीन बनाउन सक्याे भने ३२ प्रकारकाे अनुभव प्राप्त हुने हुदा त्यस्ताे मान्छेलाई ३२ लक्षणकाे भनिन्छ । ३२ लक्षणकाे भनेकाे सर्वाेत्तम गुण , साैन्दर्य , पराक्रम , तेजस्विता , सच्चाई ,पृथ्वीझैं क्षमाशील , चन्द्रमाझैं सुन्दर , सूर्यमा झैं तेज , समुन्द्रझैं स्थिर , वायुझैं गतिशील , सेवाभाव , पराेपकार , धर्मकाे पालना , आकाश तत्वझैं स्थिर , बुद्धिमान लगायत ३२ लक्षणले भरिपूर्ण भनिएकाे हाे ।

छैठी देवीलाई प्रसन्न गराउन सके अथार्थ आज्ञा चक्रलाई सुचक्र गराउन सके मान्छेकाे विचार ,बाेली र कर्मलाई त्यसले एकाकार गराउदा स-साना सङ्कल्प हरू पनि पुरागर्ने अभ्यासकाे थालनी गराउछ । छठ अथार्थ आज्ञा चक्रले परमात्मा र जडपदार्थ , प्रेम र घृणा , शान्ति र क्राेध , आत्मा र शरीर , जीवन र मृत्यु , ज्ञान र अज्ञान , स्वास्थ्य र राेग , आत्मनियन्त्रण र प्रलोभन , विवेकशक्ति र इन्द्रिय कामवासना अनि अपरिवर्तनशीलता र क्षणभंगुरकाे द्विविधामा परेकाे अवस्थामा आज्ञा चक्रले सत्य , चैतन्य र सजगताकाे बाटाे देखाउछ ।

संक्षिप्तमा भन्नुपर्दा छठ ( छैठी देवी ) अथार्थ छैठौं आज्ञा चक्र सन्तुलित राख्न सके त्यसले मानव जीवनकाे प्राणशक्ति , आत्मशक्ति , इच्छाशक्ति , दृढशक्ति , धैर्यशक्ति , विवेकशक्ति , सङ्कल्पशक्ति र आध्यात्मशक्ति मजबुत बनाएर ईश्वर प्रति स्वयंलाई आत्मसाक्षात्कार गराउछ । त्यसैकारण पनि प्राचीन ऋषिहरूले छठ पूजा गर्ने प्रचलन सुरू गरे जसलाई हामी सांस्कृतिक परम्परा भन्दछाैं ।

यसरी मानव जीवन विज्ञान संग प्रत्यक्ष जाेडिएकाे छठ पर्वकाे अवसरमा सम्पूर्ण वैदिक सनातनी हरूमा हार्दिक शुभकामना !!!