२०८३ श्रावण २८ , बिहिवार

कांग्रेसको पहलमा संबिधान पक्षधर दलहरू को सार्थक एकता, आजको आबश्यकता

kiran giri

किरण गिरी । मुलुक पछाडी फर्कन सक्दैन नवीन सोच र चिन्तनका साथ अगाडि बढ्नुको विकल्प छैन ।
– नेपालको भु – राजनीतिक अबस्था ,
– छिमेकीहरुको बहुआयामिक चासो ,
– नेपाल र नेपाली जनता को धरातलीय यथार्थ ,
– संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को सम्बर्द्धन र थप संस्थागत बिकास ,
– समुन्नत नेपाल को जगमा नेपाली जनताको सम्मानित अबस्था निर्माण गर्ने को लागि समेत आम जनता ले ब्यबस्थामा होइन अबस्थामा परिबर्तन चाहेका छन । यसलाई कसैले नजरअन्दाज नगरौं । हामीले –
– सुशासन ।
– भ्रष्टाचार निर्मम रुपमा नियन्त्रण ।
– आर्थिक अनियमितता को अन्त्य ।
– दण्डहीनता को अन्त्य ।
-राजनीति र प्रशासन हरेक तहमा मौलाउदै गएको भ्रष्टाचार को अन्त्य ।
– राजनीति क्षेत्रमा नयाँ र युबा पुस्ताको सार्थक सहभागिता र भबिस्य सुनिश्चितताको लागी संरचना परिबर्तन गर्न सक्यौं भने संबिधान र गणतन्त्र पक्षधर राजनीति दलहरू बिच सार्थक सहमति एबं सहकार्य गरेर आबस्यक परे शाशकिय स्वरुप र निर्बाचन प्रणालीमा व्यापक सुधार र परिबर्तन गर्न आबस्यक छ भने संबिधान संशोधन गर्नु समेत आबश्यक देखिन्छ ।
संबिधान र गणतन्त्र पक्षधर राजनीतिक दलहरू बिच सार्थक एकता भएर अगाडि बढ्नु आजको पहिलो र अनिवार्य आबस्यकता हो ।
सरकार ” बन्द ” र ” प्रतिबन्ध “को नितिमा होइन समन्वय र सदभावको कार्यान्वयनमा अगाडि बढोस ।
मुलुकको राजनीति लाई नयाँ गति र उर्जा प्रदान गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र लाई सुदृढ र संस्थागत गर्न एबं राजनीतिमा नयाँ र युवा पुस्ताको भुमिका तथा सहभागिता सुनिश्चित हुने गरि अब नेपाली कांग्रेसले आफुलाइ सैद्धान्तिक , बैचारिक र सांगठनिक रूपमा नै अब नयाँ पन र दृष्टिकोण दिन सक्नु पर्दछ ।
मुलुक लाई उग्रवामपन्थी र उग्रदक्षिणपन्थीको षड्यन्त्र बाट बचाउन समेत नेपाली कांग्रेसले आफ्नो भुमिका लाई सक्रिय र प्रभावकारी रूपमा तत्काल अगाडि बढाउनु जरुरी देखिन्छ ।
सैद्धान्तिक :-
राष्ट्रियता लोकतन्त्र र समाजबाद लाई युबा पुस्ताको बिकास र समृद्धि संग जोड्ने ।
– संघीय लोकतान्त्रिक गणतन्त्र लाई जन जनमा बलियो र लोकप्रिय बनाउन राज्य प्रणालीमा साधारण जनताको पहुच सुनिश्चित गर्ने ।
राजनीतिक सुधार र परिबर्तनका एजेन्डा :-
– प्रतिनिधि सभाको सिट -२६५ कायम गर्ने ।
– प्रदेश सभाको सिट -३३० कायम गर्ने ।
– दुबै तहमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने ।
– संबिधान अनुसार आठ वटै क्लस्टरबाट प्रतिनिधित्व सुनिश्चित हुने गरि राष्ट्रिय सभामा – ९१ सिट को ब्यबस्था गर्ने ।
नेपाली कांग्रेसले अब परिपक्वता साथ अबिभावकिय भुमिका खेलेर अगाडि बढ्नु अत्यावश्यक छ ।

किरण गिरी – नेपाली कांग्रेसका निबर्तमान केन्द्रिय सदस्य एबं महासमिति सदस्य हुन ।