२०८१ बैशाख २१ , शुक्रवार

अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर, शेयर बजारमा कस्तो पर्ला प्रभाव ?

Bank

सुनाखरी न्युज/ काठमाडौं ।

अधिकांश वाणिज्य बैंकहरुले मंसिरका लागि  vनिक्षेपको ब्याजदर घटाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग न्यून हुँदा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।

 

मंसिरका लागि अधिकांश बैंकले ब्याजदर घटाएसँगै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत पनि घटेको छ ।

जसले गर्दा मंसिरका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा २० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।

 

५ वटा बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिंदा माछापुच्छ्रे बैंकले भने ब्याजदर बढाएको छ । साउनदेखि लगातार एकल अंक ९।९९ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मंसिरमा आएर भने बढाएको हो ।

 

 

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।