२०८१ जेठ ४ , शुक्रवार

आजको मौसमः पश्चिमी वायुको प्रभावले केही ठाउँमा हिमपातको सम्भावना

weither

सुनाखरी न्युज/ काठमाडौं ।

पश्चिमी वायुको प्रभावले आज केही ठाउँमा हिमपातको सम्भावना रएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

आज देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो । बाँकी भूभागमा भने सामान्यतया मौसम सफला रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

केही ठाउँमा हिमपात हुने र चिसो बढिरहेकाले सतर्क रहन महाशाखाले सचेत गराएको हो ।