२०८१ बैशाख १५ , शनिवार

‘दिमाग खराब’ चलचित्र मंगलबारसम्म प्रदर्शन नरोकिने

Dimag-Kharab

सुनाखरी न्युज / काठमाडौं ।

फिल्म ‘दिमाग खराब’को प्रदर्शन नरोकिने भएको छ । बिहीबार फिल्म निर्माण कम्पनी सिनेमा आट्र्स र प्रदर्शन संस्था चलचित्र संघबीचको छलफलले सो निर्णय गरेको हो । विदेशी चलचित्र सरह शो नदिइएको भन्दै निर्माता र निर्देशकले ‘दिमाग खराब’को प्रदर्शनी रोक्ने घोषणा गरेका थिए।

 

निर्माता रौनकविक्रम कँडेल र निर्देशक निश्चल बस्नेतले विज्ञप्ति जारी गर्दै हलहरूको अन्यायपूर्ण व्यवहारका कारण चलचित्रको प्रदर्शन रोक्ने घोषणा गर्नुपरेको बताएका थिए।

 

‘फिल्म ‘दिमाग खराब’ प्रति हामी हलवाला सबैको अपेक्षा उच्च थियो । त्योअनुसार हामीले सुरुका समय उच्च सो राखेका थियौ । तर सुरुवातको केही दिनको सो सोचेअनुसार व्यवसाय गरेन’ महर्जनले भने ‘त्यसपछि ‘टाइगर ३’ आयो र हामीले यसलाई सो दियौ । अहिले फेरि ‘दिमाग खराब’ राम्रो भएको छ । तर ‘टाइगर ३’ का लागि भनेर केही दिनका लागि सो निकाली सकेकोले दिन सकेनौ ।