२०८१ जेठ ५ , शनिवार

टिकटकबन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पुग्यो रिट

tiktok

सुनाखरी न्युज/  काठमाडौं ।

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट परेका छन ।अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।

 

टिकटक बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको रिट निवेदनमा जिकिर गरिएको छ । अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

 

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् । सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।