२०८१ बैशाख १५ , शनिवार

दार्जिलिङको ख्यातिप्राप्त मन्त्र व्याण्डको शुक्रबार पोखरामा लाइभ कन्सर्ट

Capture

सुनाखरी न्युज/ पोखरा । पोखरामा चर्चित मन्त्र व्याण्डको लाइभ कन्सर्ट हुने भएको छ । शुक्रबार अर्थात मंसिर १ गते पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा लाइभ कन्सर्ट हुन लागेको हो ।

‘हिमाली नेपाली’, ‘बिर्सेको छैनौ हामी’, ‘सधै सधै’ लगायतका चर्चित गीतहरूबाट मन्त्र व्याण्डले मनोरञ्जन दिने छ । पोखरा लामोसमय पछि कन्र्सट हुन लागेकाले दर्शकहरुको राम्रो उपस्थिती हुने प्याराडिसोका म्यानेजर हरि पौडेलले बताए । मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैया पौडेलले बताए ।

उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रबेश शुल्क नलाउने उनको भनाई छ । मन्त्र व्याण्ड करिब २५ वर्ष देखी सागितिक क्षेत्रमा सक्रिय रहदै आएको छ ।

दार्जिलिङको ख्यातिप्राप्त मन्त्र व्याण्डका गीत संगित नेपालमा रक नम्बरमा लोकप्रिय छन् । सन् १९९९ मा स्थापना भएको ब्याण्डले स्लो रक र रक जस्ता विधाका गीतहरू मार्फत धेरैको मनमा स्थान बनाएको छ ।

ब्यान्डले प्रेम, संस्कृति र देशका गीतहरूलाई जोड् दिदै आएको छ । मन्त्र ब्याण्डमा भोकलमा भास्कर देवान, गितारमा प्रज्ञा लामा, ड्रममा बिरजु चौधरी, बाँसुरी र सेक्सोफोनमा विधान थापा, बास गितारमा प्रवाह सुब्बा, र किबोर्डमा मनिष थापा रहेका छन् ।